• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
अन्तर्राष्ट्रिय News
रासायनिक ग्यास आक्रमणको मुख्य योजनाका नेता सोको आसहरा सहित ७ जनालाई मृत्युदण्ड
एजेन्सी । सन् १९९५ मा टोकियो सहरको सव–वेमा घातक सरिन ग्यास आक्रमणका मुख्य योजनाकार सहित ७ जनालाई जापानमा मृत्युदण्ड दिइएको छ । रासायनिक ग्यास आक्रमणको मुख्य योजनाकार कथित धार्मिक समूह ओम सिरन्क्योका नेता सोको आसहरा सहित ७ जनालाई टोकियोको हिरासतमा आज बिहान मृत्युदण्ड दिइएको हो । उनीहरुले सन् १९...
थाइल्याण्डमा उद्धार कार्यमा खटेका एक गोताखोरको मृत्यु
एजेन्सी । थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पुर्याएर फर्कदैगर्दा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । थाइल्याण्डको नौसेनामा काम ग...
गुफामा थुनिएका फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकको उद्धार
एजेन्सी । थाइल्याण्डको एक गुफामा १० दिनदेखि थुनिएका फुटबल खेलाडी र उनीहरुका प्रशिक्षकलाई फेला पारिएको छ । गुफामा थुनिएको नवौं दिन हिजो उद्धारकर्मीको एक टोलीले उनीहरुलाई फेला पारेको हो । चियाङ्ग रायस्थित थाम लुवाङ गुफामा बाढीको पानी पस्दा १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका हुन् । ११ देखि १६ व...
आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसंग भेट गर्न जादै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो । राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा आउनु भएको थियो । मा...
भारतमा भएको बस दुर्घटनामा परी कम्तीमा ४७ जनाको मृत्यु
एजेन्सी । भारतको उत्तराखण्डमा हिजो भएको बस दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको पाउरी जिल्लामा भएको हो । क्षमता भन्दा बढी यात्रु बोकेर रामनगरतर्फ जँदै गरेको बस सडकबाट करिब २ सय मिटर तल गल्छीमा खसेको प...
आप्रवासी प्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी
एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको आप्रवासी प्रतिको नीतिको विरोधमा अमेरिकामा विशाल प्रदर्शनको तयारी भएको छ । विछोडिएका परिवार एक हुने उद्देश्यले ६ सय ३० भन्दा बढी स्थानमा विरोध कार्यक्रम गर्ने तयारी भइरहेको छ । यसका लागि अमेरिकाका सबै शहरका बासिन्दालाई ‘फेमिली बिलोङस् टुगेदर...
अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु
एजेन्सी । मेरिकाको मेरिल्याण्डस्थित एक पत्रिकाको कार्यालयमा गोली चल्दा पाँच जनाको मृत्यु भएको छ । केही घाइते छन् । क्यापिटल ग्याजेटको समाचार कक्षभित्र छिरेर एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । गोली लागेर पाँच जनाको मृत्यु भएको र अरु केही घाइते भएको बीबीसीले जनाएको छ । प्रहरीले पत्रिकामाथि...
अमेरिकाका राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ । उनीहरुले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । अमेरिका र रुसबीच पछिल्लो समयमा बढ्दै गएको दुरी ...
मुस्लिम नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति ट्रम्पको निर्णय सदर
एजेन्सी । अमेरिकाको सर्वाेच्च अदालतले केही मुस्लिम वाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णय सदर गरेको छ । मुस्लिम वाहुल्य ६ वटा देशसहित विभिन्न आठ देशका यात्रुविरुद्ध राष्ट्रपतिले लगाएको प्रतिबन्ध सर्वाेच्च अदालतको झिनो बहुमतको फैसलाले सदर गरेको हो ...
पाकिस्तानकी पूर्वप्रधानमन्त्रीको हत्यामा संलग्न तालिवान लडाकु इक्रामुल्लाह एउटा भिडियोमा देखिए
एजेन्सी । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनेजीर भुट्टोको हत्यामा संलग्न भएको आरोप लागेका तालिवान लडाकु इक्रामुल्लाह एउटा भिडियोमा देखिएका छन् । पाकिस्तानका तालिवानको आधार क्षेत्र मानिने पुर्वी अफ्गानिस्तानमा सो भिडियो खिचिएको बीबीसीले जनाएको छ । पाकिस्तानमा आतंककारीको सूचीमा सर्वाधिक खोजिएका इक्राम...