• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
नेकपाका कार्यकर्तालाई झापामा प्रशिक्षण
प्रकाशित मिति: शुक्रबार, कार्तिक ८, २०७६

झापा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको स्कूल विभागले जिल्लास्थित नेताहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीका स्कूल विभाग प्रमुख इश्वर पोखरेलसहितले कात्तिक १४ र १५ गते सञ्चालन हुने सो प्रशिक्षणमा जिल्लास्थित प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु र निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधित्व गर्ने सहजकर्ताहरु सहभागी हुनेछन् ।
पार्टीका झापा जिल्ला स्कूल विभाग प्रमुख रमेश गुरागाइँका अनुसार पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज देवेन्द्र दाहालको विशेष उपस्थितिमा बसेको बैठकले प्रशिक्षणका लागि व्यवस्थापन र आचारसंहिता सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिएको छ ।
प्रशिक्षण कार्यक्रममा विभागका प्रमुख पोखरेल सहित देवेन्द्र पौडेल, वेदुराम भुषाल, ईश्वरी रिजाल, सुरेन्द्रकुमार कार्की, भीम आचार्य, सावित्रीकुमार काफ्ले र देवराज घिमिरेले फरकफरक बिषयमा सहजीकरण गर्ने तय भएको प्रशिक्षण प्रमुख गुरागाइँले जानकारी दिए । 

Comments