• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
डल्फिन यातायातको चरम लापरबाही, १३ वटा बस नियन्त्रणमा
प्रकाशित मिति: बिहीबार, कार्तिक ७, २०७६

डल्फिन यातायात काकरभिट्टाका सञ्चालकको चरम लापरवाहीका कारण चालक जङ्ग बहादुर राजवंशीको मृत्युभएपछि डल्फिन यातायातका १३ वटा वस नियन्त्रणमा लिइएको छ ।

गाडी सञ्चालकहरुले मृतक राजवंशीको उपचारमा ढिलासुस्ती र राहत खर्च दिन पिडित परिवारसंग सम्पर्कमा नआएको भन्दै राजवंशी समाज विकास समितिको अगुवाईमा स्थानिय, पिडितका परिवार, चालकहरुसमेतले आज विहान ६ वजे देखि विर्तामोडमा डल्फिन यातायातका बसहरु नियन्त्रमा लिएका हुन् ।

आसोज २६ गते धरानबाट काकरभिट्टा आउने क्रममा मोरङ्गको उर्लावारीमा दुर्घटना परी गम्भिर घाइते भएका अनारमनी –७ का राजवंशीलाई डलफिन यातायातका सञ्चालक कमल साहले विर्तामोड स्थित विएण्डसी टिचिङ्ग अस्पताल पुर्याइ सम्पर्क विहिन भएको उनकी पत्नी सविना राजवंशीले बताइन् । मृतक राजवंशीले हा“क्ने मे१ ख २६५१ नं। को डल्फिन गाडी र पिक भ्यान एक आपसमा जुधेको बताइएको छ ।

असोज २६ गते भर्ना गरिएका राजवंशीको उपचारका क्रममा गत आइतवार राति मृत्यु भएको थियो । हालको उनको सव अस्पतालमै  छ भने उपचारमा ५ लाख २५ खर्च भएको उनकी पत्नीले बताइन् । उनले अस्पतालमा अहिले
सम्म ६१ हजार अस्पतालमा बुझाएको बताइन् । सविनाको ७ र ६ बर्षिय दुई छोरा छन् । उनको आर्थिक अवस्था कमजोर रहेको छ ।

सञ्चालक जिवन रेग्मी, कमल साहलगायत ४ जना छन् । डल्फिन यातायातका सञ्चालकमध्ये जिवन रेग्मी सम्पकर्मा आएपनि छलफलमा बस्न आनाकानी गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मोहन बहादुर थापाले बताए ।
गाडी मालिक संग पटक पटक सम्पर्क गर्दा कोही दिल्ली, त कोही काडमाडौंमा रहेको बताउदै आएपनि उनीहरुलाई बोलाउने प्रयास भईरहेको डिएसपी थापाले बताए ।

स्व जङ्ग बहादुर राजवंशीको सव यतिका दिनसम्म अस्पतालमा राखि राख्नु र घटनाको जिम्मा गाडी सञ्चालकले लिन आनाकानी गर्नु नमिल्ने राजवंशी समाज समितिका अध्यक्ष पुकार राजवंशीले बताए । चालकको ज्युधन लगायत सम्पुर्ण जिम्मोवार श्रम ऐन अनुसार पनि गाडी सञ्चालकले लिनु पर्ने भएको हुदा पिडितले राहत नपाउन्जेल गाडी नियन्त्रण रहिरहने बताए ।

Comments