• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
महरालाई फेरी म्याद थप, तिहारपनि हिरासतमै बित्ने
प्रकाशित मिति: बिहीबार, कार्तिक ७, २०७६

संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थपिएको छ ।

बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको बहसपछि प्रहरीले मागेअनुसारकै सात दिनको म्याद थपिएको हो । यो म्यादअनुसार महरा यही कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन् ।

यसअघि, हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रोपटक थप भएको पाँच दिनको म्याद बुधबार सकिएको थियो । गएको असोज १९ गते साँझ बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन् ।
असोज २३ गतेदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्नसक्ने कानुनी प्रावधान रहेको छ ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले गएको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

Comments