• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
झापामा टोकन प्रणाली शुरु
प्रकाशित मिति: बिहीबार, कार्तिक ७, २०७६

जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणालीबाट सेवाग्राहीलाई आजबाट सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासनबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा नागरिक सहायता कक्षको स्थापना गरी टोकनबाट सेवा प्रदान गर्न शुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय प्रशासन लेखिएको बटम क्लिक गरी टोकन लिएर सेवाको उद्घाटन गर्नुभएको थियो । नगरपालिकाले नगद रु तीन लाखमा खरीद गरेर सो मेसिन जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्ने अवस्थाको अन्त्य गर्दै सरल र सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्रदान गर्न टोकल प्रणालीको शुरुवात गरेको बताउनुभयो ।

प्रजिअ रानाले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हाबी बढ्दो रहेकाले अब यस प्रणालीले त्यसको अन्त्य हुने बताउनुभयो । जिल्ला प्रशासनको ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पिउने पानीको व्यवस्था समेत गरिएको छ ।

आज टोकन प्रणालीबाट कचनकवल गाउँपालिकाका–७ की कञ्चन सिटौलाले पहिलो सेवा लिनुभएको छ । उहाँ नयाँ नागरिकता बनाउन बुबा डिल्लीप्रसाद खरेलसँग आउनुभएको थियो । उहाँलाई कार्यक्रमका नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले खाँदा र अबिरले स्वागत गर्नुभएको थियो ।

पालो पर्खंदा सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासनले टेलिभिजन र फ्रि वाइफाइकोसमेत व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो । उहाँले कार्यालयले गरेका गतिविधिलाई त्रैमासिक रुपमा इ–प्रशासन बुलेटिन निकालेर जानकारी दिन थालिएकोे कार्यक्रममा बताउनुभयो ।

Comments