• Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
दमकमा पनि यात्रु सहायता कक्ष
प्रकाशित मिति: आइतबार, आश्विन १२, २०७६

ईलाका प्रहरी कार्यालय दमक र दमक ट्राफिक प्रहरी कार्यालयले झापाको दमकमा दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । 
चाडपर्वका बेला यात्रुलार्ई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको ट्राफिक कार्यालय दमकका प्रमुख यज्ञ प्रसाद शर्माले जानकारी दिए । चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको शर्माको भनाइ छ । 
यातायात व्यवसायीलेपनि यात्रु सहायता कक्षले चाडवाडका बेला यात्रुलाई समस्या नहुनेमा विश्वास ब्यक्त गरेका छन् । यातायात व्यवसायी गंगा सिटौलाले आफुहरुले पनि सवारी साधनका कर्मचारीलाई यात्रुसँग राम्रो व्यवहार गर्न र तोकिएको भाडादर मात्र लिन निर्देशन दिईसकिएको बताए । उनले भने, “यात्रुलाई सुरक्षित गन्तब्यसम्म पुर्याउन हाम्रा कर्मचारीहरु तल्लिन हुनेछन् । यस बर्ष कुनै यात्रुलेपनि आफु ठगिए भन्ने दिन आउन नदिन हामीपनि निगरानी बढाउछौं ।” उनले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध समेत गरे ।  
ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना हुने भएकाले सवारी दुर्घटना न्यूनिकरण गर्नु यात्रु सहायता कक्ष स्थापनाको अर्काे उदेश्य रहेको बताईएको छ ।  

Comments