• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
ज्ञानेन्द्र शाही चितवनमा कुटिए, टाउकोमा चोट
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०७६

नेपालका लागि नेपाली अभियानले चितवनमा गर्न लागेको कार्यक्रम विथोलिएको छ । चितवनको चौविसकोटीमा अभियानले गर्न लागेको खबरदारी सभा विथोलिएको हो । कार्यक्रममा सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गर्ने बतार्ईएको थियो । तर, कार्यक्रम सुरु हुन नपाई विथोलिँदा शाहीको टाउकोमा चोट लागेको छ । उनलाई स्थानीय  चितवन मेडिकल कजेल अस्पतालमा उपचार गर्न लगिएको चितवन प्रहरीले बताएको छ ।  अफुहरुको कार्यक्रम सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थीहरुले विथोलेको अभियानले दावी गरेको छ ।  हमलामा सहभागि भएकाे संकामा प्रहरीले २ जनालाइ गिरफ्तार गरेकाे छ ।  स्थानिय युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाईंदैन भनेर उनको कार्यक्रमको बिरोध गरेका थिए । युवाहरुले शाहीको कार्यक्रमको स्टेज भत्काउनुकोसाथै ब्यानर समेत च्यातिदिएका छन् । साे क्रममा दुइ पक्षबीच केहीबेर तनाव समेत भएको थियो ।  स्थानिय युवाहरु र शाही सर्मथकबीच हुन सक्ने तनावलाई मध्य नजर राख्दै प्रहरीले उच्च सर्तकता अपनाएको चितवन जिल्ला प्रहरीले जानकारी दिएको छ ।
 

Comments