• Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
झापाको खजुरगाछी माविमा चोरी
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०७६
झापा — विद्यालयकोे कार्यालयमा लगाएको २ वटा ताल्चा फोडेर १ थान ल्यापटप र क्यान्टिनमा रहेको सामानहरू चोरी भएको हो । विद्यालयमा कम्पाउण्ड घेराबेरा लगाएको भए पनि चोरले १ थान ल्यापटप, व्याट्री, डाटा केबल, माउस र क्यान्टिनमा रहेको अन्दाजी १२ हजार रूपैयाँको विस्कुट, भुजिया, च्याउच्याउ, दुधलगायतका खानेकुराहरू र झोलामा राखिएका सहकारीका कागजातहरू च्यात्चुत गरि अन्य सामानहरू चोरी भएको ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । विद्यालयको मुलगेटमा रहेको सानो गेट भने राती पनि खुल्ला रहने गरेको बताईएको छ । चोरीमा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । खजुरगाछी माविमा यस अघि पनि चोरी भएको थियो । खजुरगाछी माविका प्रअ गहेन्द्र विक्रम साहले कार्यालयको ताल्चा मात्रै नभई अन्य कक्षाकोठाका पनि ताल्चा फोर्ने गरेको र वर्षेनी ३० हजार रूपैयाँ बराबरको ताल्चा किन्नुु पर्ने समस्या रहेको बताए । विद्यालयको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई यस अघि पनि ध्यानाकर्षण गराई सकिएको प्रअ साहले बताए ।
 
Comments