• Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
मन्त्री कार्कीद्वारा सामुदायिक भबनको शिलान्यास
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०७६

झापाको गौरादह नगरपालिका ७ मा निर्माण हुन लागेको श्री दुर्गा सामुदायिक भवनको प्रदेश नं १ प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले शिलान्यास गर्नुभएको छ । आज एक कार्यक्रमको आयोजना गरि मन्त्री कार्कीले सो सामुदायिक भवनको शिलान्यास गर्नुभएको हो । १ नं प्रदेश सरकार बाट बिनियोजित १ करोड १४ लाखको लागतमा गौरादह नगरपालिका वडा नम्बर ७ मा सामुदायिक भवन बन्न लागेको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मन्त्री कार्कीले भवन निर्माण तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको थियो । उहाले यो भवन निर्माणका क्रममा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभएको थियो । कार्यक्रममा नगर प्रमुख रोहित शाहको समेत उपस्थिती रहेको थियो । 

Comments