• Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
वाह यस्तो बन्दैछ झापाको पाडाजुङी
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०७६

कमल गाउँपालिकाले मुख्य शहरीकरणको रुपमा विकास गर्दै आएको पाडाजुँगीमा सुन्दर र व्यवस्थित पार्क बनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले पहिलो चरणमा खाका तयार गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने पाडाजुँगी गौरीगञ्ज र गौरादह जाने मुख्य चोक पर्छ । कमल गाउँपालिकाले व्यवस्थित पार्क सहित बस विसौनी समेत निर्माण गर्न सोहि अनुसारको खाका तयार गरेको हो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, प्रारम्भिक रुपमा खाका तयार भएको छ, आवश्यकता अनुसार अझै पनि सच्चिन सक्छ ।

गाउँपालिकाले पाडाजुँगी चोकलाई व्यवस्थित बनाउन हाल १० लाख रुपैंया बजेट बिनियोजन गरेको छ । सो बजेटले निर्माण सम्पन्न गर्न नसकिने भएकाले प्रदेशसँग समेत सहयोग माग्ने तयारी भएको श्रेष्ठको भनाई छ । चोकमा निर्माण गरिने संरचना सीसी क्यामेरा सहितको हुने बताइएको छ ।

चोकमा निर्माण गरिने नयाँ संरचनामा कमल गाउँपालिकाले कछुवा सहितको कमल स्तम्भ निर्माण गरिने जनाएको छ । पार्क सहितको चोकमा मुख्य आकर्षण कमलस्तम्भ नै हुने देखिएको छ ।

Comments