• Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
झापामा मापसे गरी बस चलाउने चालकलाई मुद्दा
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०७६

मादक पदार्थ सेवन गरी यात्रु वाहक बस चलाएको आरोपमा बस चालक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा बस चालक झापा कनकाई नगरपालिका ४ बस्ने ३३ वर्षीय पुण्यप्रसाद सिटौला रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकमा प्रहरीको विशेष चेकिङ टोलीले उनलाई शुक्रवार बिहान पक्राउ गरेको हो ।  काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ को ४८८१ नम्बरको बसभित्र सवार यात्रुहरूको ज्यान जोखिममा पारेर बस चालक सिटौलाले मापसे गरेर बस चलाई रहेको प्रहरीले फेला पारेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

यता बस चालक सिटौलालाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १८ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय झापाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जनाइएको छ ।

Comments