• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
कन्काई, कोसी, कमला र वाग्मतीमा बहाव बढ्ने, सतर्कता अपनाउन सुझाव
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०७६

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला, वाग्मतीलगायतका नदीमा बहाव बढ्ने जनाएको छ ।

महाशाखाले शनिबार र आइतबार कन्काई, कोसी, कमला र वाग्मती नदीमा बहाव उल्लेख्यरुपमा बढ्ने र यसका केही सहायक नदीमा बहाव सतर्कता तह आसपाससम्म पुग्ने पूर्वानुमान गरेको हो ।

उक्त नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाद्वारा शनिबार बिहान जारी बुलेटिनमा शनिबार र आइतबार बारा, पर्सा, मकवानपुर, सिन्धुली, उदयपुर, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र आसपास मध्यमदेखि भारी वर्षा भइ समग्र प्रदेश नम्बर–१ र २ का तराई र चुरेबाट बहने नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा रहने र सो स्थान भइ यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन सूचित गरेको छ ।

शनिबार र आइतबार प्रदेश नम्बर–१ र ३ का पहाडी भू–भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ ।

पहाडी भू–भागमा स–साना खहरेहरूमा बहाव बढ्नुका साथै पहिरोको सम्भावनासमेत रहेकाले पहिरोग्रस्त क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Comments