• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
फेरी मौसममा आयो यस्तो परिवर्तन, कहिलेसम्म यस्तो ?
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०७६

नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको छ ।

यो अझै सक्रिय नै रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाइएको छ ।

अर्को न्यूनचापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको महाशाखाले जनाएको छ ।

सोही कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही र पश्चिमका एक/दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ ।

महाशाखाकाअनुसार शनिबार दिउँसो देशको पूर्वदेखि पश्चिमसम्मका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यस्तै, देशका मध्य तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पूर्वदेखि पश्चिमसम्मै अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका पूर्व र मध्यका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशका मध्य तथा पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

Comments