• Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
कामना सेवा विकास बैंकद्वारा पाडाजुंगीमा यात्रु प्रतिक्षालय निर्माण
प्रकाशित मिति: सोमबार, आश्विन ६, २०७६

दमक ६ असाेज । कामना सेवा विकास बैंक पाडाजुंगी शाखाले झापाको कमल गाउ‌ँपालिकास्थित पाडाजुंगीमा यात्रु प्रतिक्षालय तथा फलैचा निर्माण गरी हस्तान्तरण गरेको छ । 


बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत यात्रु प्रतिक्षालय निर्माण गरी हस्तान्तरण गरिएको बैंकका प्रदेश १ प्रमुख सुजन छाराहाङ राईले जानकारी दिनुभयो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमल गाउ“पालिका ५ पाडाजुंगी क्षेत्रमा ब्यवस्थीत यात्रु प्रतिक्षालयको आवस्यकता महशुस गरी यात्रु तथा सर्बसाधारणलाई सहज होस भन्ने उदेश्यले प्रतिक्षालय निर्माण गरिएको बैंकका पाडाजुंगी शाखा प्रमुख अर्जुन राईले जानकारी दिनुभयो ।

कार्यक्रममा कमल गाउ“पालिका ५ का अध्यक्ष डम्बर निरौलाले आवस्यक देखीएको यात्रु प्रतिक्षालय निर्माण कार्यले पाडाजुंगीबासी र यात्रुलाई सहयोग पुगेको बताउनुभयो । काठमाण्डौ ज्ञानेश्वरमा प्रधान कार्यालय रहेको कामना सेवा विकास बैंकका हाल नेपालभर ९९ वटा शाखा कार्यालय रहेका छन् । 

Comments