• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
चोरेर भाग्दै गर्दा एक युवक पक्राउ
प्रकाशित मिति: बुधबार, भाद्र २५, २०७६
सोलुखुम्बु । सोलु दूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन् । मंगलबार लिखुपिके गाउँपालिका–३ का अन्दाजी २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन् । स्थानीय सावित्री राजभण्डारीको घरभित्र पसेर सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । बस्नेतले सावित्रीको घरभित्र पसेर सुटकेसमा राखेको एक तोला सुनको सिक्री, एक तोलाको औंठी, आधा तोलाको अर्को औंठी र कतारी एक रियल चोरेर भागेका थिए ।  बस्नेतलाई तामाखानी प्रहरी चौकीका प्रहरी हबलदार विनोद केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा स्थानीय एक होटलबाट पक्राउ गरेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । उनको साथबाट लागुऔषध गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ । 

 
Comments