• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दै
प्रकाशित मिति: बुधबार, भाद्र २५, २०७६
प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निबास बालुवाटारमा अपरान्ह चार बजे बोलाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली सिंगापुरबाट उपचार गरेर फर्किएपछि नेकपाको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो । बैठकमा पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याउने बिषयमा छलफल कन्द्रित हुने बताइएको छ । यसअघि पुष्प कमल दाहाल प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । बैठकले पार्टीका नेता तथा कार्यकर्ताबारे व्यक्तिगत विषयमा कुनै कुरा उठाउनु परेमा पार्टी भित्रै छलफलको बिषय बनाउनु पर्ने निर्णय गरेको थियो भने पार्टी एकीकरण प्रक्रिया सामेल भएका चार नेतालाई बैठकले केन्द्रीय समितिमा मनोनित गरेको छ।

 
Comments