• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
हिमशिखर टपटेन न्यूज : आज दिनभरका मुख्य १० खबरहरु
प्रकाशित मिति: मंगलबार, भाद्र २४, २०७६
हिमशिखर टपटेन न्यूज : आज दिनभरका मुख्य १० खबरहरु 
पेट्रोलियम पाइपलाइन परियोजनाको शुभारम्भ
बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलबार शुभारम्भ गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गर्नुभएको थियो ।  
बिपी जयन्ती मनाईयो 
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मुलुकभर मनाइँएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । 
तेह्रथुममापनि फौजी किराको प्रकोप 
तेह्रथुमको बिभिन्न क्षेत्रमा लगाईएको मकै फौजीकिराले पुरै सखाप पारे पछि कृषकहरु निराश बनेका छन् । जिल्लाका सयौै कृषकहरुले लगाएको मकैबालीमा फौजिकिराको आतङक फैलिएपछि किसानहरु निराश बनेका हुन् । 
दमक अस्पतालमा सेवा भन्दा सास्ती बढी 
झापाको दमकमा रहेको एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा उपलब्ध सेवा सुबिधाहरु व्यवस्थित हुन नसक्दा सर्वसाधारणहरु मारमा पर्ने गरेका छन । झापाको माईपश्चिमका ५ वटा स्थानीयतहलाई लक्षित गरि संचालनमा आएको दमक जिल्ला अस्पतालको व्यवस्थापकीय पक्ष कमजोर हुदा सर्वसाधारणहरुले हैरानी खेप्नु परेको गुनासो बढ्दै गएको छ । 
सरकारप्रति जनतामा बितृष्णा – उपसभापति गच्छदार 
नेपाली काँग्रेसका उपसभापती विजयकुमार गच्छदारले सरकारप्रति जनतामा बितृष्णा बढेको बताउनुभएको छ । उहाँले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य ब्यवस्थाप्रति नभई सरकारप्रति भएको दाबी गर्नुभयो । विराटनगरमा सञ्चारकर्मीहरुसँग बोल्दै  गच्छदारल वर्तमान सरकारले जनअपेक्षा र संबिधान अनुसार काम गर्न नसकेको कारण जनतामा नैराश्यता छाएको दाबी गर्नुभयो । 
चिनियाँ विदेशमन्त्रीको नेपालमा व्यस्तता 
नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ र विपक्षी पार्टीका नेतासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा दुई देशबीच रहेको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
धनकुटाका डिल्लीकृष्णको चित्रकला मोह 
कामधन्दा, व्यवसाय र जागिरपछि धेरैको निवृत्त जीवन निराश र पट््यारलाग्दो ढंगले बितिरहेको हुन्छ । कोही भने व्यावहारिक बोझ बिसाएर निवृत्त समयलाई झन् गतिशील र सृजनात्मक बनाइरहेका भेटिन्छन् । यिनै मध्येका एक हुन् धनकुटाका डिल्लीकृष्ण आले । ६३ वर्षका आले आफूले देखे भोगेका जीवन र जगत्का चित्रहरुमा अनेक रंग भरेर सेवा निवृत्त जीवन सजाइरहेका छन् । 
उर्लाबारीमा बाल गृह भवन शिलान्यास
मोरङ्गको उर्लाबारी–७ स्थित नमुना बाल गृहको नव–निर्मित भवनको आज शिलान्यास गरिएको छ । भवनको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र लायन्स जिएटी एरिया लिडर खगेन्द्र सिटौला, लायन्स डिष्ट्रिक गभर्नर ईन्द्र खत्रिले संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो । डेढ करोडको लागतमा बन्ने २ तले सुविधा सम्पन्न भवन निर्माण हुने जनाइएको छ । भवन अन्तराष्ट्रि मापदण्ड अनुुसार नै निर्माणहुने ईञ्जिनियर कृष्णहरि पौडेलले बताउनुभयो । 
मुस्कान खातुनको उपचार जारी 
एसिड’ आक्रमणमा परेकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । गएको शुक्रबार बिहान ६ बजे विद्यालय जानेक्रममा एसिड आक्रमणमा परेकी मुस्कानको स्वास्थ्य अवस्थामा केही सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।  
बेलायती प्रधानमन्त्री फेरी अल्पमतमा 
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव त्यहाँको हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ । युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृतसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव संसदमा लगेका थिए । तर, उनको यो प्रस्ताव दोस्रोपटक पनि सांसद्हरुले अस्वीकृत गरिदिएका छन् । 
 
Comments