• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा
प्रकाशित मिति: मंगलबार, भाद्र २४, २०७६

भद्रपुर ।  झापाको धानखेतीमा देखा परेको अमेरिकन फौजी किराको प्रकोप नियन्त्रणमा आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गौरादह नगरपालिकाका वडा नं २ र ५ मा दुई साता अघि पहिलोपटक देखा परेको फौजी किराको प्रकोप कनकाई नगरपालिकाको वडा नं ५, झापा गाउँपालिकाको वडा नं ३ र कचनकबल गाउँपालिकास्थित धान सुपरजोन क्षेत्रमा समेत फैलिएको थियो ।  कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले ती सबै क्षेत्रमा देखा परेको फौजी किराको प्रकोप पूरै नियन्त्रणमा आइसकेको बताए । नियन्त्रणमा आउनु अघि फौजी किराले ती क्षेत्रको २५ बिघामा लगाइएको धानखेती सखाप पारेको थियो ।  उनका अनुसार नेपालमै पहिलोपल्ट झापामा अमेरिकन जातको फौजी किरा देखा परेको र यस अघि भारतीय जातको फौजी किराको मात्र प्रकोप देखा पर्ने गरेको थियो ।  राति मात्र सक्रिय हुने अमेरिकन फौजी किराले लार्भा अवस्थामा बढी क्षति पु¥याउने गरेको छ भने शुरुमा धानको पात खाएर झिल्लीजस्तो बनाउने र पछि गुभोको रस चुसेर बोट सुकाएर मार्ने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख रवीन्द्र सुवेदी बताए ।  उनका अनुसार फौजी किरा नियन्त्रणका लागि धानखेतीमा एममिक्टीन बेन्जोस्ट, क्लोरोपाइरीफस र साइपर मेप्रीन मिश्रण गरेर स्पे्र गरिएको थियो । अमेरिकन जातको फौजी किरा देखा परेपछि कृषि ज्ञान केन्द्र, स्थानीय तहका प्राविधिक, कृषि निर्देशनालय र बाली संरक्षण प्रयोगशाला विराटनगरका विज्ञले किसानको खेतमै पुगेर कीराको पहिचान गरेका थिए ।
 

Comments