• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
झापाको दमक, भद्रपुर र गौरिगञ्जमा आज रथयात्रा
प्रकाशित मिति: शनिबार, भाद्र ७, २०७६

१८ औं भगवान् श्री कृष्ण रथयात्रा भद्रपुरमा भव्य रुपमा मनाउने तयारी भइरहेको छ । नगरको पहिचान र गौरव बन्दै गएको श्रीकृष्ण रथयात्रालाई सभ्य र भव्य बनाउने उद्देश्यले भद्रपुर नगरपालिकाले यसबर्ष टायरको पाङ्ग्रासहित फलामले बनाइएको छ ।

सोही नयाँ रथबाट रथयात्रा निकाल्ने तयारी भइरहेको श्रीकृष्ण रथयात्रा मूल आयोजक समितिका अध्यक्ष देवु घिमिरेले जानकारी दिए । अहिले रथ सजाउने काम भइरहेको बताउँदै भद्रपुर ५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट बिहान साढे ११ बजेदेखि रथयात्रा शुभारम्भ गरिने उनले बताए ।

यस पल्ट नगरभरी रथयात्रा घुमाउने योजना बनाइएको उनको भनाई छ । यता रथयात्रालाई शान्तिपूर्ण बनाउने प्रहरी परिचालन गरिने वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।यसबर्ष आपगाछी, ज्ञानेचोक, केन्द्रमोड, चैतुमन्दिर, धनुषमोडसम्म रथ पुग्ने छ । त्यसैगरी झापाको दमक र गौरीगञ्जमा समेत रथयात्र निकाल्ने तयारी भइरहेको छ । गौरीगञ्जमा पहिलो पटक रथयात्र निकाल्न लागिएको जनाइएको छ । 

Comments