• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
मोफसल समाचार
दमकमा भएकाे भजन किर्तन गायन प्रतियोगितामा सत्य साई केन्द्र प्रथम
प्रकाशित मिति: शनिबार, भाद्र ७, २०७६

दमक |  झापाको दमकमा दमक नगरस्तरीय भजन किर्तन प्रतियोगीता शुक्रवाार सम्पन्न भएको छ ।

हिमशिखर लोक कलाकार समूह र राधाकृष्ण मन्दिर दमक संचालक समितिको संयुक्त अयोजनामा कार्यक्रम भएको हो । प्रतियोगितात्मक भजन किर्तन गायन प्रतियोगितामा दमक नगरक्षेत्रका ४० वटा भजन किर्तन मण्डलीको सहभागिता रहेको थियो ।

जागृती नेशनल केबल नेटवर्क प्राली दमक र मेरो टिभी काठमाण्डौको व्यवस्थापनमा कार्यक्रम गरिएको जागृती नेशनल केबल नेटवर्कका दमकका व्यवस्थापक इन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा सत्य साइ केन्द्र दमक वाड न ६ प्रथम, राधाकृष्ण कृतन मण्डली द्धितीय दमक वाड न ७ , जालपादेवी कृतन दमक वाड न ५ मण्डली तृतीय र श्रृजनशिल कृतन मण्डली  दमक वाड न ९ शान्तवना  भएका छन् ।

उनीहरुलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार रुपैया साथै प्रमाणपत्र    प्रदान गरिएको हिमशिखर मिडिया ग्रुपका अध्यक्ष धु्र्ब न्यौपानेले जानकारी दिनुभएको छ । सो कार्यक्रमको हिमशिखर टेलिभिजनले प्रत्यक्ष प्रशारण समेत गरेको थियो । 

Comments