• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
ड्रोन क्यामरासहित भारतको पानीट्याङ्कीमा एक नेपाली पक्राउ
प्रकाशित मिति: शुक्रबार, भाद्र ६, २०७६

दुइटा ड्रोन क्यामरासहित भारतमा एक नेपाली पक्राउ परेका छन्। नेपाल–भारतको सीमावर्ती नाकास्थित काँकडभिट्टा जोड्ने पानीटंकीमा मेचीनगर बस्ने अन्दाजी ४० वर्षीय सन्तोष न्यौपाने दुई वटा ड्रोन क्यामरासहित पक्राउ परेका हुन्।

न्यौपानेलाई सशस्त्र प्रहरी बल ४१ औँ बटालियन ९एसएसबी०को टोलीले बिहीबार बेलुका पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिए।

एसएसबीका अनुसार नेपालबाट भारततर्फ गइरहेका न्यौपानेलाई चेक जाँच गर्दा उनको साथबाट चाइनिज कम्पनीका दुई ड्रोन क्यामरा फेला परेको हो। बरामद गरिएको ड्रोन क्यामराको मूल्य नेपाली रुपैयाँ चार लाख रहेको जनाइएको छ। उनलाई ड्रोन क्यामरासहित आवश्यक कारबाहीका लागि पानीटंकी भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ।

Comments