• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
झापाको बिर्तामोडमा बम बिष्फोट
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६
झापा – झापाको विर्तामोड नगरपालिकाका दुई वडाको संयुक्त कार्यालयमा सोमबार बिहानै बम बिस्फोट भएको छ । बिहान साढे ४ बजे विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो । बम बिस्फोट कसले गराएको हो भन्ने बारेमा भने अहिलेसम्म एकिन भइसकेको छैन ।  बिस्फोटका कारण कार्यालयमा रहेका कम्प्युटरसहितका उपकरण तथा कागजात नष्ट भएका छन् । यस्तै झ्यालका सिसा फुटेका छन् । कार्यालयको ५० मिटर वरपर रहेका घरका झ्यालका सिसा पनि फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

 
Comments