• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
भोजपुरको अन्नपूर्णबाट विराटनगरका लागि छुटेको बस दुर्घटना
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६

कविता खड्का, भोजपुर — भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपुर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको  मे १ ख ३१६४ नम्बरको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को  सिमानामा पर्ने चम्पिरे खोला नजिकै दुर्घटना भएको छ । 
आज विहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १०  जना घाइते भएको जिल्ला  प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  घाइते मध्ये ७ जना अस्पतालको बेड मा भर्ना भएको प्रहरीको भनाई छ । जसमा दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । 
घाइतेको जिल्ला अस्पताल भोजपुरमा उपचार भईरहेको छ ।  गम्भिर घाइते हुनेमा झापा घरभएका  सहचालक अर्जुन लिम्वु, भोजपुर नगरपालिका ३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन्  । उनीहरुको टाउको लगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरुमा भोजपुर नगरपालिका ३ वस्ने २४ वर्षीय मानिशा श्रेष्ठ, १७ वर्षीय अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द  प्रधान र सोही वडाका ११ वर्षीय वालक विवेक श्रेष्ठ रहेको प्रहरीको भनाई छ । 
त्यस्तै इलाम घर भएका बसधनी ३५ वर्षीय अर्जुन लिम्वु, टेम्केमैयुङ गाउँपालिका ३ की ५५ वर्षीय गंगादेवी राई मोरङ घर भएकी २१ वर्षीय सविना गौतम भट्टराई र बस चालक इलाम घर भएका सन्तकुमार फागो सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटना पश्चात चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । 

Comments