• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
हाईवेसँग जोडिएका शिवसताक्षीका अधिकांश सडक कालोपत्रे
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६

कनकाई पुल पश्चिम कमल खोला बीचको ११ किलोमिटर हाईवेसंग जोडिएका शिवसताक्षीका १२ वटा भित्री सडक कालोपत्रे गरिएका छन् । स्थानीय शिवसताक्षी नगरपालिका– १ नम्बर प्रदेश सरकार र संघिय सरकारको लगानीमा एसियन हाईवेसंग जोडिएका शिवसताक्षी नगरका भित्रि सडक कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रे कार्यमा प्रतिनिधी सभाका साँसद एलपि साँवा लिम्वू र प्रदेश सभाका साँसदद्धय झलकवहादुर दर्लामी मगर र हिरा थापाको साँसद पुर्वाधार क्षेत्र विकास कोषको रकम पनि लगानी भएको छ ।

पूर्वपश्चिम राजमार्गसंग जोडिएका शिवसताक्षी नगरका १२ वटा सडक कालोपत्रे भएका छन । नगरको १ नम्बर वडा स्थीत धरमपुर पारावारी सडक, ८ नम्बर वडा स्थीत डुडामारी— पाँचगाछी सडक कालोपत्रे भएको छ । वडा नम्बर ८ कै सम्झना चोक— गुराँस चोक सम्मको सडक पनि कालोपत्रे निर्माण सकिएको छ । ८ नम्वर वडाको झिलझिले वजारका पुर्वपश्चिम राजमार्ग संग जोडएका ४ वटा सडक कालोपत्रे गरिएको वडा अध्यक्ष केहरशिंह बस्नेतले बताएका छन ।

यस्तै वडा नम्बर ११को दुधे —शिवगञ्ज सडक कालोपत्रे भएको छ भने दुधे बच्चावगर सडक कालोपत्रेको निर्माण चरणमा रहेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नविन ईजमले बताए । वडा नम्वर ९को संगम चोक आईतवारे, वडा नम्बर १० को किरातचोक दक्षीण श्रीजंघा र माईधार — लक्ष्मी नारायण मन्दिर सडक खण्डपनी कालोपत्रे निर्माण सकिएको प्रवक्ता ईजमले बताए ।

पछिल्लो पटक संघ सरकारको अर्थमन्त्रालय र शिवसताक्षी नगरपालिकाको साझेदारीमा वडा नम्वर ८ को सम्झना चोक दक्षीण गुराँस चोक सम्मको करिव २ किलोमिटर सडक कालोपत्रे शुरु भएको छ । अर्थ मन्त्रालयको ४० लाख र शिवसताक्षीको ६० लाख गरी एक करोडमा नगरकार्यपालिकाको कार्यलयले ठेक्का आव्हान गरेको थियो । मेचीनगरको शान्ति निर्माण सेवाले ४८ प्रतिशत बिलोमा ठेक्का पारेपछी १५ सय मिटर सडक कालोपत्रे निर्माण सम्पन्न भएको हो ।

५२ प्रतिशत बचेको रकममा पुन त्यस दक्षिणको गुराँस चोकसम्मको सडकको ठेक्का पुन नगरपालिकाले आव्हान गरेको थियो । उक्त ठेक्का स्थानीय सतासी निर्माण सेवाले पाएको प्रवक्ता ईजमले बताएका छन ।

मन्त्रालयको समपुरक कोषको उक्त्त रकम फिर्ता जान नदिन नगरपालिकाले दुई चरणमा ठेक्का आव्हान गरी समयमै गुणस्तरयुक्त सडकको कालोपत्रे कार्य गरेको स्थानिय डम्वरवहादुर मेनेङ्गवोले वताए । उनका अनुसार स्थानीयले चाहेको भन्दा गुणस्तरयुक्त काम समयै तोकिएकै समयमा सम्पन्न भएको छ ।

उक्त सडकको वुधबार शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८का वडा अध्यक्ष केहरशिह वस्नेत, वाड सदस्य चुडामणी शिवाकोटी, वडा सचिव पुष्पलाल पाण्डे लगायत स्थानीय उपभोक्ताले संयुक्त रुपमा अनुगमन गरेका थिए

Comments