• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
ब्राउन सुगरसहित नेपाली सेनाका मेजर सिंह पक्राउ
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६

इटहरी : ब्राउन सुगरसहित नेपाली सेनाका मेजर अजित प्रताप सिंह पक्राउ परेका छन्। उनलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी छेउबाट इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।

पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसमेत बरामद भएको छ। उनीबाहेक थप दुईजना पक्राउ परेपनि उनीहरुको संलग्नताबारे छानबिन भइरहेको प्रहरीले बताएको छ। सिंह भने लामो समयदेखि कारोबारमा संलग्न रहेको बताइएको छ। 

सिंह नेपाली सेनाका अधिकारी भएपनि प्रहरीले भने उक्त विषय खुलाएको छैन। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले भने, ‘लागु औषधसहित सिंहलाई पक्राउ गरिएको हो, उनको अरु संलग्नता अहिले नभनौं।’.

पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

Comments