• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
लागू औषध सहित झापामा दुईजना पक्राउ
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६

झापा — झापामा लागू औष ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ४ स्थित रंगेडाँडा बस्ने ३० वर्षीय इन्द्र बहादुर राई र २६ वर्षीय विजय राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ । 
    इन्द्र बहादुरको घरमा ब्राउन सुगरको कारोबार हुने गरेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट अन्दाजी १ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको छ ।

Comments