• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
रंगशाला बन्नेमा कुनै शंका छैन : मुख्य मन्त्री राई
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६
प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले कमल ५ मा सुबिधा सम्पन्न रंगशाला र आदिबासी स्मृतिपार्क तथा संग्राहालय बन्नेमा कुनै द्विविधा नभएको बताउनुभएको छ ।
२५ औं अन्तराष्ट्रिय आदिबासी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री राईले यस्तो बताउनुभएको हो । आज झापाको कमल गाँउपालिका ५ स्थीत प्रस्ताबित आदिबासी रंगशालमा भएको कार्यक्रममा मुख्य मन्त्री राईले निर्माणधिन रंगशालामा देखिएको समस्याको समाधन गर्न प्रदेश सरकारले केन्द्र सरकार र सम्बन्धित निकाय आवश्यक पहलगर्ने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा उहाँले यस क्षेत्रमा अन्तराष्ट्रियस्तरको रंगशाला, आदिबासी स्मृती पार्क तथा संग्राहलय निर्माणको लागी प्रदेश सरकारबाट यही आर्थिक बर्षमा खर्च हुने गरि २ करोड बजेट बिनियोजन गरेकोपनि जानकारी गराउनुभएको थियो । आदिबासी जनजाती माहासंघ जिल्ला समन्वय परिषद् झापाको आयोजनामा भएको कार्यक्रममा आदिबासी समुदायको उलेख्य उपस्थिती रहेको थियो । 
 
Comments