• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
कोशी ब्यारेजमा पानीको बहाब यस बर्षकै उच्च, सतर्क रहन आग्रह
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०७६

सुनसरी — केहि दिनदेखि पहाडी क्षेत्रमा भईरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको वहाव यस वर्षकै उच्च भएको छ । पानीको बहाव अस्ती रातिदेखिनै निरन्तर बृद्धि भईरहेको ब्यारेज प्रशासनले जनाएको छ । आज सुक्रबार बिहान ६ बजे गरिएको मापन अनुसार पानीको वहाव १ लाख ६८ हजार ८ सय २० क्यूसेक पुगेको छ । पानीको वहाव बढ्दो रहेकोले अहिले ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको छ भने तटबन्ध आसपास बसोवास गर्दै आएका सर्वसाधारणहरुलाई सतर्क रहन ब्यारेज प्रशासनले आग्रह गरेको छ ।

Comments