ईग्ल्याण्डद्वारा अष्ट्रेलिया पराजित, फाईनलमा अब न्यूजिल्याण्डसँग ईङ्ल्याण्ड भिड्ने
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०७६
जारी एक दिवसीय विश्वकप क्रिकेटको फाईनल समिकरण पुरा भएको छ । आज सम्पन्न खेलमा ईंग्ल्याण्डले अर्को महारथी अष्ट्रेलियालाई सेमिफाईनलमा पराजित गरेसँगै फाईनलमा न्यूजिल्याण्डसँगको भेट पक्का गरेको छ । अष्ट्रेलियाले दिएको २ सय २४ रनको लक्ष्य ईङ्ल्याण्डले १०७ बल बाकि छदै २ विकेटको क्षतीमा पुरा गर्यो ।