• Radio Himshikhar
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
बिपी प्रतिष्ठानका उपकुलपति ८ लाख रुपैयाँ घुस लिँदै गर्दा समातिए
प्रकाशित मिति: बिहीबार, आषाढ २६, २०७६

धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर राजकुमार रौनियार ८ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा धरानबाट पक्राउ परेका छन् ।

उनलाई अख्त्यिारको टोलीले बिहीबार घुससहित रंगेहात पक्राउ गरेको हो।

उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। उनीसँगै डा. रामहरि रौनियार पनि पक्राउ परेका छन्।  प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशन वापत सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु दुईजना पक्राउ परेका हुन्। काठमाडौँबाट गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

 

Comments