• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
मोरङको पथरीमा एकाबिहानै आगलागी, लाखौंको क्षती
प्रकाशित मिति: बिहीबार, आषाढ २६, २०७६

मोरङ : मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा रु ८० लाख बराबरको क्षति भएको छ ।

बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका सम्पूर्ण सरसमान, लत्ताकपडा, भाँडावर्तन र सोही घरमा सञ्चालन गर्दै आएको उहाँको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा सो क्षति भएको हो ।

बिहान ४ः३० बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

Comments