• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
बढ्दैछ बिद्युतीय जोखिम, धरान र रंगेलीमा २ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, आषाढ २५, २०७६

धरान : आज एकै दिन सुनसरीको धरान र मोरङको रंगेलीमा करेण्ट लागेर दुई जनाको ज्यान गएको छ ।

सुनसरी धरान ४, ठक्कर डाँडा बस्ने ६७ बर्षिय बिर्खबहादुर राईको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ११ बजे आफ्नै घरमा रेडियो बजाउने क्रममा उनलाई करेण्ट लागेको थियो । प्रहरीका अनुसार रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा वृद्ध राई करेन्ट लागेर बेहोस भएका थिए । उनलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, घोपा पुर्याइएको थियो । प्रतिष्ठानमा नै उनको उपचारको क्रममा दिउँसो करिब साढे १२ बजे मृत्यु भएको अस्थाई प्रहरी पोष्ट घोपाले जनाएको छ ।

यसैगरी, रंगेली नगरपालिका ५ आपगाछीका १२ बर्षीय प्रमोद ऋषिदेवको आज दिउँसो १२:५० बजे करेन्ट लागेर मृत्यु भएको छ ।  आफ्नै घर छेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्था अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

Comments