• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
कस्ता निर्दयी शिक्षक ? कुटेरै लिए विद्यार्थीको ज्यान
प्रकाशित मिति: बुधबार, आषाढ २५, २०७६

डिल्लीराज पन्त, कञ्चनपुर — कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाईबाट घाईते भएका विद्यार्थीको मृत्यु भएको छ ।  कञ्चनपुरको भीमदत्त नगरपालिका –१७ मझगाउ स्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको गएराती उपचारकै क्रममा मृत्यु भएको हो । 
मृतक विद्यार्थीका आफन्तका अनुसार सिमावर्ति भारतको एक निजि अस्पतालमा उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको र शिक्षककै कुटाईबाट मृत्यु भएको आरोप लगाउनुभएको छ ।आफन्तका अनुसार डडेल्धुराको उपक्षेत्रीय अस्पताल, महाकाली, सेती, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उनलाई भारतीय अस्पतालमा उपचारका लागि लगिएको थियो । 
विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रिन्सिपल यशोदा जोशी सहित ४ जना शिक्षक घटनाबारे सोधपुछका लागि ल्याएको जनाएको छ ।
विद्यालय बाहिर साथीभाईसंग झैझगडाको विषयलाई लिएर विद्यालयका प्राध्यानाध्यापक सहितका शिक्षकले कुटपिट गरेको छात्रको परिवारले बताएका थिए  । कक्षा ९ मा अध्ययनरत कलौनीलाई  यहि असार १३ गते विद्यालयमै कुटपिट गरेको परिवारको भनाई छ । मृतक कलौनीका बाबु बृहस्पती कलौनीले सो विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षत्रय लक्ष्मण दत्त भट्ट, हर्क जाग्री र दुर्गादत्त पाठकले कुटपिट गरेर घाईते बनाएको यस अघि नै आरोप लगाएका थिए ।  कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट र दायाँखुट्टा भाँचिएको थियो । 
माधवले विद्यालयका अन्य साथीभाईसंग पनि कुटपिट गर्ने झै–झगडा गर्ने र खुकुरी समेत प्रहार गर्ने जस्ता कृयाकलाप गरेकाले उनलाई एक दुई थप्पड हानेर विद्यालयले निकाला गरेको सो विललयमा शिक्षक हरुले स्विकार गरेका थिए । 
महाकाली अञ्चल अस्पताल वाट थप उपचारका लागि रिफर गरेपछि कलौनीलाई नेपालगन्ज शिक्षण अस्पताल हुँदै भारतीय निजि अस्पतालमा उपचार गराईराखेका थिए । उपचारकै क्रममा मृत्यु भएपछि आफन्त आक्रोशित भएका छन् । 

Comments