• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
बिजनेस
कामना सेवा विकास बैंकको ८८ औं शाखा पाडाजुंगीमा
प्रकाशित मिति: शुक्रबार, जेठ ३१, २०७६

दमक ३१ जेठ । कामना सेवा विकास बैंकले झापाको कमल गाउ“पालिका वडा नम्बर ५ को पाडाजुंगीमा ८८ औं शाखा विस्तार गरेको छ ।

शाखा विस्तारसंगै पाडाजुंगीमा बैंकिङ सेवा दिने पहिलो बैंक कामना सेवा विकास बैंक भएको छ । बिहिबार बैंकका संचालक विश्वेश्वर सुवेदी, सीईओ प्रविन बस्नेत, बैंकका प्रदेश नम्बर १ प्रमुख सुजन छाराहाङ राई, पाडाजुंगी शाखा प्रबन्धक अर्जुन राई, शसस्त्र प्रहरी बल लखनपुरका प्रहरी नायव उपरिक्षक नबिन सिंह राई, कमल गाउपालिकाका प्रतिनिधि खगेन्द्र तिवारी लगायतको उपश्थितीमा शाखा सुभारम्भ गरिएको हो ।

बैकले झापाको अन्य ठाउमा समेत चाडै नै शाखा विस्तार गर्ने बैंकका सीईओ प्रविन बस्नेतले बताउनुभयो । बैंकले जुनसुकै शाखामा रकम जम्मा गर्न र झिक्न सकिने, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउदै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको लक्ष्य छ ।

कामना सेवा विकास बैंकले प्रदेश १ मा ११ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।

Comments