• Radio Himshikhar
  • हार्दिक सुभकामना
News Updates
  • सप्तरीमा घरेलु हिंशाका घटनामा कमी आएन, एक महिला घर निकालामा परेपछि न्यायको खोजीमा भौतारिदै, कसैले सहयोग नगरेको गुनाशो
  • चितवनका कृषक धानमा बाला नलागेपछि चिन्तित, नया प्रजातीको धानले कृषकको लगानी स्वाहा
  • देशका बिभिन्न स्थानमा कपडा बैंक खुल्ने क्रम जारी,उदयपुरको गाईघाटमा पनि खुल्यो,नगरपालिकाको समेत साथ
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • धानबालीमा फौजी किराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित
राष्ट्रिय
दमकमा पनि डेंगुको संक्रमण, दुई जनामा डेङ्गु भेटीयो
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६

दमक २९ जेठ ।  झापाको दमकमा डेङगुका दुई जना बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ ।

मंगलबार एक जना र बुधबार एक जनामा गरि दुई जनामा डेङगुको लक्षण देखीएको दमक अस्पताललाई उद्धृत गर्दै नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । पूर्वको सुनसरी, मोरङ पछि झापामा पनि  डेङगुको संक्रमण देखीन थालेको हो ।

धरानको सुनसरीमा महामारीको रुपमै फौलिएपछि अहिले  डेङगुका संक्रमीत जतातै भेटिन थालेका हुन ।  डेङगु नियन्त्रण गर्नका लागी दमक नगरपालिकाले बुधबारबाट  सचेतना सहित  लार्भा नष्ट  गर्ने अभियान समेत सुरु गरेको छ ।  

दमक ७ बाट  सुरु गरिएको यो अभियानको सुभारम्भ नगर प्रमुख रोमनाथ ओलीले गर्नुभएको छ । बुधबार दमक ७ का बिभिन्न ५ स्थानमा लामखुट्ेको  बासस्थान  पहिचान गरि लार्भा परिक्षण गर्दा डेङगु सार्ने लामखुट्टे नभेटिएको स्वास्थ्य शाखा  प्रमुख इन्द्र अर्यालले बताउनुभयो ।

अभियान अन्तर्गत बिहिबार राजमार्गका बिभिन्न ग्यारेज क्षेत्रमा गएर काम नलाग्ने टायरको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । प्रयोगबिहिन टायरलाई अव्यवस्थित बनाई  पानी जमाएर राखीने भएकोले त्यहाँबाट डेङगु फैलन सक्ने भन्दै त्यस्ता टायरहरु हटाउने अभियान सुरु गरिएको  स्वास्थ्य संयोजक अर्यालले बताउनुभयो । 

Comments