• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
मोफसल समाचार
जेष्ठ नागरिक र महिला लक्षीत  स्वास्थ्य शिविरमा ४ सय ६७ ले गराए परिक्षण
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६

दमक/ दमक जेसीज र वडा नं ८ को वडा कार्यालयले संयूक्त आयोजना गरेको बृहत स्वास्थ्य शिविरमा ४ सय ६७ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । वडा कार्यालयले जेठ १० देखी १२ गते सम्म सञ्चालन गरिएको स्वास्थ्य  शिविरमा  २ सय १५ जना  जेष्ठ नागरिक र २ सय ४७ जना महिलाहरुको पाठेघरको मुखको परिक्षण गरिएको थियो ।

जसमद्ये ५० देखी ६० जना  जेष्ठ नागरिकहरुलाई  औषधीकोे  प्रयोग गर्न चिकित्सकले सल्लाह दिएको दमक जेसीजका महासचिव  सुयोग खरेलले जानकारी दिनु भयो ।  खरेलका अनुसार  पाठेघरको मुखको परिक्षण गराउन आएका  २ सय ४७ महिला मद्ये  ७ जना महिलामा  पाठेघरको क्यान्सरको संभावना देखीएको र समयमै उपचार गराउन  चिकित्सकले  सुझाव दिएका थिए  ।

महिलाहरुले आफ्नो पाठेघरको मुखको अवस्थाको बारेमा  खासै परिक्षण नगराउने र एकै चोटी क्यान्सर हुँदा मात्र   परिक्षण गराउने  प्रबृद्धि रहेकोले     वडा सँगको सहकार्यमा महिला बिषेश स्वास्थ्य  शिविर गरिएको  कार्यक्रम संयोजक  तथा  नेपाल जेसीजका पूर्व  राष्ट्रिय अध्यक्ष  प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

साथै  वडाका  हरेक  टोल बिकास सस्थाबाट नागरिकको  स्वस्फुर्त सहभागीतामा   बृहत सरसफाई अभियान समेत  सञ्चालन भै रहेको छ । १० गतेबाट सुरु भएको  सरसफाई अभियानमा हरेक दिन  १ सय ५० भन्दा बढि  नागरिकको सहभागीतामा  सरसफाई समेत भै रहेको छ ।  सरसफाई अभियान  बिहिबार  सम्पन्न हुँदै छ ।

Comments