• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
के तपाईलाई थाईराईड भएको छ ? छ भने यो उपयोगी कुरा पढ्न नछुटाउनुहोला
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६

थाइराइडको ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् । अझ बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । त्यसकारण यसको सुधारका लागि घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ ।

तर कसैको अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको मद्दत लिनुपर्छ ।

१. थाइराइडलाई नियन्त्रण गर्न दैनिक दुधमा बेसार पकाएर खाने गर्नुपर्छ । बेसार हालेको दुध यसका लागि धेरै प्रभावकारी हुन्छ ।

२. दैनिक खालि पेटमा लौकाको जुस पिउने गर्दा पनि थाइराइडबाट टाढा रहन सकिन्छ । यो जुस पिएपछि आधा घण्टासम्म अरु केही नखाइ बस्नुपर्छ ।

३. दुई चम्चा तुलसीको रसमा आधा चम्चा घिउकुमारीको रस मिसाएर खाने गर्दा पनि यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

४. थाइराइडबाट मुक्त हुने अर्को तरिका भनेको प्याजको मजास हो । प्याजलाई बीचबाट काटेर दुई टुक्रा पार्ने अनि सुत्नुअघि थाइरोइड ग्रन्थिको वरिपरि त्यसले मजास गर्ने । यसरी प्याजको रस नधोइकन राखिरहने हो भने पनि यसबाट धेरै राहत पाउन सकिन्छ ।

५. थाइराइडको उपचारका लागि मरिच पनि धेरै फाइदाजनक मानिन्छ । कुनैपनि तरिकाले दैनिक मरिच सेवन गर्ने गर्दा धेरै लाभ पाउन सकिन्छ ।

६. बदाम र ओखरमा पाइने सेलेनियम नामक तत्व थाइरोइडको उपचारका लागि धेरै उपयोगी मानिन्छन् । अझ हाइपोथाइरोइड (थाइराइड हर्मोन वृद्धि हुनु) का लागि यो उपाय सबैभन्दा बढी प्रभावकारी साबित हुने गर्छ ।

७. कागतीको पत्ता नियमित सेवन गर्ने गर्दा थाइरोक्सिन अत्याधिक मात्रामा बन्न पाउँदैन । त्यसकारण यसलाई दैनिक चियामा राखेर सेवन गर्दा धेरै राहत गराउँछ ।

Comments