• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
मेयरले भन्दैमा हुन्छ ? प्रमाण पुर्याउनुस् : चौलागाई
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६

बिबेक भट्टराई, ईटहरी जेठ १४ - खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष राम प्रसाद चौलागाईले आफुले भ्रष्टाचार नगरेको दाबी गरेका छन् । 
इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले भ्रष्टाचारी भन्दै हातपात गरेका थिए । 
केहि दिन अघि ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकार सामु खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष राम प्रसाद चौलागाईले भ्रष्टाचार गरेका कारण आफुले चौलागाईले पिटेको भनेका थिए । यहि बिचमा मेयरलेनै भ्र्रष्टाचार गरेको भनेर आरोप खेपिरहेका चौलागाई भने आफुले भ्रष्टाचार नगरेको बताईरहेका छन् । ईटहरीमा पत्रकार सम्मेलननै गरेर चौलागाईले मेयरको भनाइलाई कटाक्ष गरेका छन् । 
अध्यक्ष चौलागाईले हातपात भएको भने स्विकार गरेका छन् । हातपात भएको हो तर कानुनी कारबाहीका लागि जान सक्ने तर अहिले नजाने उनले स्पष्ट पारेका छन् । भ्रष्टाचारको आरोप लागेपनि नैतिकताका आधारमा राजिनामा नदिने अध्यक्ष चौलागाईले बताए । मेयरले लगाएको आरोपका विषयमा छानविन गर्नुपर्ने उनले माग गरेका छन् । छानविन समितीले दोषी देखाए जस्तो सुकै सजाय पनि भोग्न तयार रहेको बताए । 
जेठ ८ गते इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीले सार्वजनिक रुपमा पत्रकारहरुका सामु अध्यक्ष चौलागाईले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । मेयर चौधरीले  खानेपानी अध्यक्ष चौलागाईलाई पिटेको पनि बताएका थिए । इटहरीकै प्रमुख जिम्मेवार व्यक्तिबाट आरोप लागेपछि खानेपानी संस्थाका अध्यक्ष नैतिक दवावमा परेका छन् । 
चौतर्फी दवाव पछि घटना भएको एक हप्ता पछि मात्रै आफ्नो धारणा सार्वजनिक गरेका हुन । विगत १३ बर्ष देखी खानेपानी संस्थाको अध्यक्ष रहेका रामप्रसाद चौलागाई र खानेपानीका विषयमा यस अघि पनि भष्ट्राचार भएको आरोप लाग्ने गरेका थिए । नेपाली काँग्रेसले भष्ट्राचारको आरोप लगाउँदै आएको थियो । अहिले स्वयमं मेयरले नै आरोप लागेपछि खानेपानी अध्यक्ष चौलागाई दबावमा पर्दै आएका छन् ।

Comments