• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
मोफसल समाचार
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कुलमानद्धारा निरीक्षण
प्रकाशित मिति: सोमबार, जेठ १३, २०७६

चितवन, १३ जेठ—नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ ।

वहाले रंगशाला निर्माणमा सवै नेपालीहरूले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । धुर्मस सुन्तली फाउण्डेशनको पहलमा निर्माण अघि बढेको रंगशालास्थल भरतपुर १५ मा पुगेर नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण प्रगतीको बारेमा जानकारी लिनुभएको थियो ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणका बारेमा घिसिङलाई जानकारी गराउनुभएको थियो । रंगशालास्थल निरीक्षणपछि नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले अन्र्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा सवै नेपालीहरूले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । 

फाउण्डेशनका अध्यक्ष कट्टेलले डीपीआर आउनुअघिका प्रारम्भिक चरणका कामहरु सबै तीव्र गतिमा अघि बढाइएको बताउनुभयो । रंगशाला निर्माणस्थलको कम्पाउण्ड घर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआरलगायतका कामहरु अघि बढिरहेको कट्टेलको भनाइ छ । साउनसम्ममा रंगशालाको डीपीआर सकेर रंगशाला निर्माणको काम थाल्ने तयारी भइरहेको छ । 

Comments