• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
खेलकुद
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शुरु  प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६

काठमाण्डौ, १० जेठ–प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको किर्तिपुरमा प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव केशव कुमार बिष्टले गरेका थिए ।  प्रतियोगितामा तीन विभागसहित ७ प्रदेशले सहभागिता जनाएका छन् । सहभागि टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

उद्घाटन कार्यक्रममा खेलकुल मन्त्री विश्वकर्माले नेपालको क्रिकेट खेलले खेलको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राख्नुभयो । उहाले खेलको बिकासका लागी सरकार प्रतिवद्ध रहेको पनि बतायनुभयो । यस्तै प्रतियोगीताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र प्रदेश नम्वर २ बीच प्रतिष्पर्धा भएको छ ।

Comments