• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
अन्तर्राष्ट्रिय
भारतमा मोदीले जित्नासाथ कश्मिरमा मुसा मारिए
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६

भारतको सर्वाधिक खोजीको सूचीमा रहेका जाकिर मुसा सैन्य कारबाहीमा मारिएका छन् ।

जम्मु कश्मिर क्षेत्रमा चरमपन्थी गतिविधि गरेको भन्दै मुसालाई भारतले आतंककारी घोषणा गरेर सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।  दक्षिण कश्मीरको ट्राल जिल्लामा उनकै घरमा सेनाले गरेको कारबाहीमा गए राति अन्सार गजावत(उल(हिन्दका प्रमुख जाकिर मारिएको भारतीय सेनाले जनाएको छ ।  

जाकिर मारिएपछि उक्त क्षेत्रमा हिंसा भड्किन सक्ने आशंकामा कफ्र्यु लगाइएको छ । त्यस्तै इन्टरनेट सेवा बन्द गरिएको भने विद्यालयहरुमा पठनपाठन रोकिएको बीबीसीले जनाएको छ ।  जाकिर रशिद भाट वास्तविक नाम भएका जाकिर कश्मीरमा आतंकवादी गतिविधि गर्ने बुर्हान वानीका सबैभन्दा निकट सहयोगी हुन् ।

बुर्हान कश्मीर मिलिसियाका कमान्डर थिए ।  उनी भारतीय सेनाको कारबाहीमा सन् २०१६ मारिएका थिए । सैन्य कारबाहीमा जाकिर मुसाको मृत्यु भएपछि स्थानीय सञ्चार माध्यमहरुले यसलाई भारतीय सेनाको ठूलो सफलता भन्दै विश्लेषण गरेका छन् ।  

पुलवामा जिल्लामा आक्रमण हुँदा भारतीय सुरक्षा बलका ४० बढी जवानको मृत्यु भएपछि जाकिर मुसाको खोजी तीब्र पारिएको थियो ।

Comments