• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
खेलकुद
धरान उपमहानगरपालिकाले खेलाडीलाई सम्मान गर्ने
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६

गोविन्द बस्नेत, धरान, ६ जेठ–खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धरान उपमहानगर नगरपालिकाले यस वर्ष पनि एक जनालाई बर्ष खेलाडीको रुपमा एकजानलाई सम्मानगर्ने भएको छ ।

धरान उपमहानगरपालिका अन्र्तगतको नगर खेलकुद विकाश समितिले २०७४ देखि शुरु गरिएको ‘धरान बर्ष खेलाडी’ को सम्मान लाई यस वर्षपनि निरन्तरात दिने भएको हो । समिति आगामि जेष्ठ १० गते एक कार्यक्रमका बीच एक जना खेलाडीलाई सम्मान गर्ने बताइएको छ ।

सम्मान कार्यक्रम २०७५ साल भित्रै गर्नुपर्ने भएपनि प्राविधिक कारणले २०७६ को ज्येष्ठमा गर्न लागिएको हो । समितिका सदस्य विकास चाम्लिङ्गले समग्र खेलक्षेत्रको विकाशकालागि खेलाडीमा थप उर्जा थप्नकालागि सम्मान कार्यक्रम शुरु गरिएको बताउनु भयो ।

गत बर्ष धरानबाट राष्ट्रिय फुटबल खेलाडी रोमन ल्म्बिु सम्मानित भएका थिए । कराते, तेक्वान्दो, गफ, प्याराग्लाइ, टेबुल टेनिस र बक्सिङका खेलाडीले आवेदन दिइसकेको र अझै आउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष सुवास राईले बताउनुभयो ।

उहाका अनुसार, सम्मानित हुने खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अफिसियको स्तरको प्रतियोगितामा भाग लिएको, धरानको स्थायी बासिन्दा हुनुपर्ने प्रावधान राखेको छ । 

Comments