• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
खेलकुद
दमकमा नगरस्तरिय खेलकुद प्रतियोगिता शुरु
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६


दमक नगर रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारबाट शुरु भएको छ ।

दमक नगर खेलकुद बिकास समितिको आयोजना तथा दमक नगरपालीकाको सहयेग रहेको प्रतियोगिता १५ गते चल्ने छ । प्रतियोगिता दमकका ३ स्थानमा संचालन हुने प्रतियोगितामा दमक नगरक्षेत्रका सबै निजी तथा सामुदायीक बिद्यालयका कक्षा १ देखि कक्षा १२ सम्मका बिद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

बिद्यार्थीहरुलई पढाई संगै खेलकुद क्षेत्रमा पनि बिकास गराउने उदेश्यले अयोजना गरिएको प्रतियोगितामा एथेलेटिक्स, कबड्डी, मार्सल आर्ट, बुद्धीचाल, भलिबल, टेबलटेनिस,  दौड रहने जनाइएको छ । प्रतियोगिताको नगर उपप्रमुख गिता अधिकारीले उद्धघाटन गर्नुभयो ।

प्रतियोगिता वडा नम्बर ५,६,७ का विद्यालयहरुको प्रतियोगिता दमक ६ स्थीत सुर्योदय अंग्रेजी बोडिङ स्कुलमा १,२,३,४ नम्बर वडाका बिद्यालयले ढुकुरपानी माबीमा र ८,९,१० का बिद्यालयको खेल हिमालय माविको खेल मैदानमा हुने प्रतियोगिता आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल दमक ९ स्थीत सरस्वती माबीको खेल मैदनमा हुने जनाइएको छ । 

Comments