• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
कारागारमै कचिङ्गल, भित्रैबाट १४ राउण्ड गोली भरिएको म्यागजिन बेपत्ता
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६

झापा -     झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना सार्वजनिक भएको छ । कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको खुलाशा भएको हो । प्रहरी नायब निरीक्षक आचार्य घर बिदा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हीरण सिंहलाई दिइएको थियो । 
एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ । तर, बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको हो । कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाटै हतियार हराएपछि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति बनेको बताईएको छ । 
छानविन समितिले हराएको हतियारको विषयमा अनुसन्धान थालेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हतियार हराएको विषयमा अनुसन्धान भइरहेको बताएका छन् । उनले भने, अहिले अनुसन्धानकै क्रममा छौं, पछि यस बारेमा थप जानकारी गराउनेछौं । 

Comments