• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
उपसचिब प्रेम संजेल कार्यालय हाजिर भए,अदालतकाे यस्ताे आयाे फैसला
अर्जुन आचार्य प्रकाशित मिति: बुधबार, फाल्गुण २२, २०७५

बिराटनगर  २२ फागुन ।  भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा स्थापित सरकारका उपसचिव तथा श्रम कायालय विराटनगरका प्रमुख प्रेमप्रसाद संजेल आजदेखि कार्यालयमा हाजिर भएका छन् । 

गत असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेललाई ७० दिनमै सरुवा गरिएको थियो । उक्त सरुवाको विरोधमा संजेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न ३ दिनअघि (गत शुक्रबार)अन्तरिम आदेश जारी गरेको थियो । कार्यालयमा हाजिर हुँदै संजेलले आफ्ना तीन कामको प्राथमिकता पनि तोकेका छन् ।

संजेलले श्रम कार्यालयमा सर्वसाधरणले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरे/नगरेको अनुगमन गर्ने र पुन: श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुषखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने बताएका छन् । 

आफूलाई सरुवा भएपछि पुनः फर्केर श्रम कार्यालयमा आउने आशा नभएपनि सम्मानित अदालतले न्याय दिएको बताउँदै संजेलले भ्रष्टाचार विरोधी अभियान्तालाई सर्वसाधरणले कति माया गर्दा रहेछन् भन्ने कुरा यसैपटक थाहा पाएको बताउनु भयो । आफू मातहतको कार्यालयमा आएका सेवाग्राहीको काम प्राथमिकता दिने बताउँदै संजेलले आजै २ वटा मुद्दाको पेशी तोक्ने, र खुल्ला इजलासबाट मुद्दा फैसला गर्ने उद्घोष पनि गर्नुभयो । 

पुनःश्रम स्वीकृति लिन आउनेहरुलाई श्रम कार्यालय बाहिर सटर खोलेर काम गरिरहेकाहरुले श्रम कार्यालयमा छिटो गरिदिन्छु, यसरी मिलाइदिन्छु उसरी मिलाइदिन्छु भन्ने काम नगर्न अनुरोध गर्दै उहाँले त्यसखालको काम भएर पैसा उठाउने काम भए अख्तियार लगाएर जेल हाल्ने चेनावनी पनि दिनुभयो । 

आफू श्रम कार्यालय आएपनि कोही पनि उद्योगपति त्रसित हुनुपर्ने कारण नभएको बताउँदै संजेलले श्रम ऐन भने पूर्ण रुपमा लागू हुनुपर्नेमा जोड दिनुभयो । आफूलाई सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्मका लागि पूर्णकालिन अन्तरिम आदेश भएको जानकारी दिँदै, श्रमीकको पक्षमा प्रभावकारी काम गर्ने बताउनु भयो । 

संजेललाई सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उपसचिव सञ्जेललाई सो मन्त्रालयका सचिव महेशप्रसाद दाहालले गरेको सरुवा कानूनसम्मत नदेखिएकाले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सञ्जेलले आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दैै सर्वोच्चमा फागुन १७ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

उपसचिव सञ्जेललाई गत असोज ११ मा निर्वाचन आयोगको क्षेत्रीय निर्देशकबाट वरिष्ठ श्रम अधिृकतका रुपमा श्रम कार्यालयमा विराटनगरमा सरुवा गरिएको थियो । त्यस लगत्तै गत पुस ५ गते व्यावसायिक सीप तथा तालीम प्रतिष्ठानमा इटहरीमा सरुवा गरिएको थियो ।

आफ्नो सरुवा घुस्याहा र भ्रष्टाचार गर्नेहरुको जोडबलमा गरिएको भन्दै संजेलले सरकार र मन्त्रालयप्रति आक्रोश व्यक्त गर्दै पत्रकार सम्मेलन गरेपछि उनको चर्चा चुलिएको थियो । 

Comments