• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
दमकमा दुईवटा मोटरसाइकल आपसमा ठाेक्किँदा एककाे म‌ृत्यु
प्रकाशित मिति: मंगलबार, फाल्गुण २१, २०७५

दमक २१ फागुन। झापाको दमक ४ स्थित कृष्ण मन्दिर चोक नजिक साेमबार साँझ भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । 

पश्चिमबाट पूर्व जाँदै गरेको मे ३ प १८३२ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिम जाँदै गरेको को ३ प ७७०० नं को बुलेट मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा इलाम चुलाचुली २ का ४० वर्षिय पुरण कुमार राइ रहेका छन् । राईको उर्लाबारी स्थित अरनिको हष्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
घाइते पाचथरका वर्ष ३० का रमेसहाङ तुम्बाहाम्फे, दमक १० का २५ वर्षीय सुजन धिमाल र अर्का एकजना रहेका छन् । घाइतेको अवस्था गम्भीर रहेको छ । 

घाईते  तिनै जनाकाे बिराटनगर स्थित न्युराे अस्पतालमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।

Comments