• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
राष्ट्रिय
प्रतिनिधिसभा तथा राष्ट्रिय सभाको बैठकद्धारा शोक प्रश्ताव पारीत
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १७, २०७५

काठमाडौ १७ फागुन . संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा प्रतिनिधिसभा  तथा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्ण वहादुर महराले पेश प्रस्तुत गर्नुभएको शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

 बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ । शोक प्रस्तावमा “मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा २०७५ साल फागुन १५ गते बुधबारका दिन तेह्रथुमको चुहानडाँडा एयरपोर्ट निरीक्षणपश्चात् पाथीभरा देवीको दर्शन गरी काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी निधन भएकोमा बैठक गहिरो शोक प्रकट गर्दछ, भनिएको छ । 

बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । 

त्यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ । २०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित सदस्य अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

युवा अवस्थादेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय अधिकारी व्यवस्थापिका–संसद्को विकास समितिको पूर्व सभापतिसमेत हुनुहुन्थ्यो । बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । शोक प्रस्ताव पारित गरेसँगै आजको बैठक सकिएको छ । 

Comments