• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • तरकारी तथा फलफुलमा विषादी मापनका लागि प्रदेश सरकारले सुरु गर्‍यो ल्याब परीक्षण
  • आज देशको अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना
  • झापा क्षेत्र नं ३ ‘क’ का लागि १५ करोड बजेट विनियोजन
  • प्रहरीलाई निर्देशन दिंदै गृहमन्त्री थापाले भने, 'जनताको विश्वास थप बलियो बनाउनुहोस्'
  • शिवसताक्षी नगरपालिका ११ मा दुई करोड रुपैयाको लागतमा स्वास्थ्यचौकी भवन निर्माण ।
बिजनेस
ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु
प्रकाशित मिति: शुक्रबार, फाल्गुण १७, २०७५

ललितपुर १७ फागुन । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा ललितपुरमा १२ औ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ ।

फाल्गुन १९ गतेसम्म चल्ने मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

‘प्राङ्गारिक कृषि पद्धत्ति अपनाऔं, माटो र जीवन बचाऔं’ भन्ने मुल नाराका साथ आ लिएर गर्न लागिएको मेलामा प्राङ्गारिक कृषि विषयमा सांस्कृतिक कार्यक्रम, प्राङ्गारिक कृषि सम्वन्धी प्राविधिक सूचनाहरु र प्रस्तुतीकरण समेत गरिने केन्द्रले जनाएको छ ।

मेलामा प्राङ्गारिक तथा रैथाने परिकार महोत्सव, प्राङ्गारिक कृषि सम्वन्धी प्यानल तथा अन्तरक्रिया कार्यक्रम, प्राङ्गारिक कृषि उपजहरुको विक्री वितरणका स्टल राखिएको छ ।

त्यस्तै मेलाको अन्तिम दिन उत्कृष्ट प्राङ्गारिक कृषि उजपहरुलाई पुरस्कार वितरण, प्रदर्शनीमा सहभागीहरुलाई सहभागितको प्रमाणपत्र पनि दिईने केन्द्रले जनाएको छ ।
 

Comments