• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
जसरी भएपनि अपराधी पत्ता लगाउछौं  : देउवा
डिल्लरिाज पन्त प्रकाशित मिति: शुक्रबार, फाल्गुण १७, २०७५

कञ्चनपुर,१७  फागुन ।  नेपाली काँग्रेसका सभापति एव पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा बलात्कार पछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तका हत्यारा जसरी भएपनी पत्ता लगाउने वताएका छन ।

सुक्रवार देखि महेन्द्रनगरको खुलामञ्चमा हुने सुदूरपश्ञ्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न कञ्चनपुर पुगेका पुर्व प्रधानमन्त्री एव काँग्रेस सभापति देउवा शुक्रबार बिहान निर्मलाको घरमा पुगेर केही ढिलो भएपनी हत्यारा पत्ता लगाएरै छाड्ने वताएका हुन। 

निर्मला पन्तकी आमा दुर्गा पन्तसंग भेटघाट गर्दै देउवाले जसरी भएपनि अपराधी पत्ता लाग्ने आवश्वासन दिनुभएको छ । अपराधी पत्ता लाग्ने र त्यसका लागि सरकार गम्भिर हुनुपर्नेमा जोडदिए । आफ्नो र पार्टीका तर्फबाट पनि पीडित परिवारलाई न्याय दिलाउने देउवाले बचन दिनुभएको छ ।

देउवाले राष्ट्रिय अन्र्तराष्ट्रियस्तरमा चर्चित घटना भएकाले घटनामा सबैले चासो दिएको बताए । निर्मलाकी आमा दुर्गादेवी पन्तले देउवा समक्ष जसरी भएपनि छोरीका हत्यारा सार्वजनिक गरिदिनका लागि सहयोग गरिदिन आग्रह गरेकी थिईन । 

नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले सात सात महिना वितिसक्दा पनि अझैसम्म पनि हत्यारा पत्ता लाग्न नसक्नु दुखत भएको टिप्पणी गरिएकीछन । नागरिक संघर्ष समितिका ले निर्मला हत्याकाण्ड बारे देउवालाई ज्ञापन पत्र बुझाउदै घटनाको वास्तविकता अझै बाहिर नभएको र प्रहरीले घटना लुकाएको आरोप लगाएको छ । 

काठमाण्डौँमा उपचारर्थरत निर्मलामा बाबु यज्ञराज पन्त उनकी कान्छी श्रीमती लक्ष्मी पन्तको स्वास्थ्य उपचारका साथै घाईतेको उपचारमा समेत पहल गरिदिन निर्मला पन्तकी आमा र नागरीक समाजले पुर्व प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेका छन । सभापति देउवासंगै काँग्रेस नेता एनपी साउद लगायतका काँग्रेस नेता कार्यकर्ता समेत निर्मलाको घर पुगेका थिए । 

Comments