• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • खेलकुदको हव बनाउन धरान उपमहानगरपालिका कस्सियो, पूर्वाधार निर्माणमा जोड दिदै ।
  • कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने, हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान ।
  • स्थानीय तहमा प्रमुख र उपप्रमुखबिचको बिबाद सतहमा, धनुषामा मेयर र उपमेयरको कार्यालय भवननै फरक फरक स्थानमा ।
  • औद्योगिक पार्कका लागि डिपिआर स्विकृत भएपछि दमकवासी हर्षित, नगर आर्थिक समृद्धीतिर लम्कने विश्वास ।
  • यातायात व्यवस्था कार्यालय मेचीमा अस्थायी ईजाजत पत्र काट्न कर्मचारी गम्भिर बनेनन्, लाखौं राजश्व गुम्दै ।
राष्ट्रिय
किच्चकबधको संरक्षणमा चासो किन दिईएन ? ( भिडीयाे सहित)
रविन भट्टराई प्रकाशित मिति: शुक्रबार, पौष २०, २०७५

झापा । धार्मिक तथा ऐतिहाँसिक महत्व बोकेको किच्चकबधको व्यवस्थापनमा स्थानिय तहले चासो नदिदा यस क्षेत्रका ऐतिहाँसिक वस्तु जीर्ण बन्दै गएका छन् । केहि समय अघि यो क्षेत्रको उत्खनन् गरिए पनि उत्खनन् गरिएका पुरातात्विक महत्वका सामाग्रीहरुको पनि उचित व्यवस्थापन हुन नसकेको स्थानिय गुनासो गर्छन् ।

झापाको भद्रपुर देखि दक्षिण तर्फ रहेको यो पर्यटकिय स्थल भद्रपुर नगरपालिका २ मा पर्छ । तर, नगरपालिका र वडा कसैले यो विषयमा चासो नदिदा यो स्थल ओझेलमा परेको स्थानिय बताउँछन् । यस क्षेत्रको प्रचारका लागि स्थानिय केहिले चासो दिए पनि स्थानिय सरकारले बेवास्था गरेको स्थानियको आरोप छ । 

यहाँ रहका दुई वटा मन्दिरहरु स्वस्थानी मन्दिर र शिव मन्दीर संरक्षणको अभावमा धरापमा परेका छन् । बिं सं २०२६ सालमा निर्माण गरिएका यी मन्दिर तथा भीमसेनको शालीक जीर्ण बनेका हुन ।

उचित मर्मत सम्भार तथा संरक्षण हुन नसक्दा यहाँको सौन्दर्य नै ह्रास हुँदै आएको छ । पुरातत्व बिभागले उत्खनन् गर्दा पाईएका बस्तु २२ सय वर्ष पुराना हुन् भनिए पनि प्रचार र संरक्षण उचित चासो कसैको छैन । पाँच वर्ष अघि यसको विकासका लागि गुरुयोजना बनेको भए पनि गुरुयोजना अनुसार काम भएको छैन । स्थानिय तहमा जनप्रतिनिधि आए पनि यसको विकासमा खासै चासो दिएको देखिन्दैन । स्थानिय जनप्रतिनिधि भने स्थानिय तहले मात्रै यो क्षेत्रलाई हेरेर नपुग्ने बताउछन् ।

करिब १० विगाहा क्षेत्रफलमा फैलिएको किच्चकबधको महाभारतकालीन कथाको प्रसङ्गसँग जोडिएको छ । किच्चक नामको सेनापति पाँच पाण्डब मध्येका एक भीमसेनले बध गर्नासाथै सोही रगत पखाल्न उनले हानेको बाणले जुन ठाउँमा लाग्यो त्यही स्थानमा पोखरी स्थापना भयो भन्ने किंवदन्ती समेत रहेको छ । त्यस नजीकै रहेको सो पोखरीमा नुहाएमा रोगब्याधबाट बच्न सकिन्छ भन्ने जनविश्वास समेत रहेको पाइन्छ ।

किच्चकबध क्षेत्रमा पुरातात्विक उत्खनन गर्दा ८ कोठा भएको भवन फेला परेको र त्यसको तल्लो तहमा अर्को छुट्टै भवनको आकृति समेत फेला परेको छ भने सबैभन्दा ठूलो कोठा २२ मिटर लामो छ । किच्चक वधको उत्खनन गर्दा दुई तहमा पुरातात्विक सामाग्री फेला परेको कारण त्यहाँ एउट सभ्यताको विनास पछि अर्को सभ्यताको विकास भएको बताईन्छ ।

त्यस अघिको उत्खनन कार्यबाट सात मिटर अग्लो १ सय २३ मिटर लामो सुरक्षा पर्खाल सहित महत्वपूर्ण पुरातात्विक सामग्रीहरू फेला परेका थिए । सोहि किच्चकबध उत्खनन्को प्रसंगलाई आधार बनाइ कृष्ण धरावासीद्वारा किच्चकबधको सेरोफेरोमा लेखिएको उपन्यास ‘राधा’ ले मदन पुरस्कार पाइसकेको छ । जसले यसको पर्यटकीय महत्वलाई बढाएको भए पनि संरक्षणमा अझै प¥याप्त काम भने हुन सकेको छैन ।

Comments